चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ  « Khabarhub

चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्का दुवै ओपनरसहित चार ब्याटरलाई गुमाएको छ । 

१७५ रनको बलियो लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरको ४ ओभरको अन्तिम बलमा चौथो विकेट गुमाएपछि यो टिम संकटमा परेको हो । खेल ६ ओभरमा पुग्दा यो टिम चार विकेटको क्षतिमा ३७ रनको अवस्थामा छ ।

चौथो विकेटका विराटनगरले बसिर अहमदलाई गुमाएको हो । उनले २ बलको सामना गर्दा रनको खाता पनि खोलेनन् ।

४ ओभरको तेस्रो बलमा तेस्रो विकेटका रुपमा साम हिजलेट आउट भएका हुन् । सामले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे ।

साम र बसिर दुवै रञ्जिक कुमारको बलको शिकार भएका हुन् ।

त्यसअघि विराटनगरका ओपनर ओकेश बम ७ रन र जर्ज मुन्से ५ रन जोडेर आउट भएका हुन् ।

पहिलो विकेटका रुपमा लोकश बम दोस्रो ओभरको चौथो बलमा आउट भए । उनलाई चितवनका सोहिल तानभिरले आउट गरेका हुन् ।

तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई कलम ऐरीले आउट गराएका हुन् ।

चौथो ओभरमा पुग्दा जनकपुर २ विकेटको क्षतिमा २६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : २० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली