रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै « Khabarhub

रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालका अनुसार आइतबार दुवै पक्षबीच पार्टी एकता घोषणा हुनेछ। राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने खनालले बताए।

‘एकताको सबै प्रक्रिया पूरा भएको छ । उहाँहरूलाई अहिले केन्द्रीय नेताको हैसियतमा सम्मानपूर्वक स्थान दिने भनिएको छ’, खनालले खबरहबलाई भने,‘आइतबार पार्टी एकता हुन्छ । उहाँहरू आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताका रुपमा कायम हुनु हुन्छ ।’

विवेकशील साझामा अहिले समीक्षा बास्कोटा अध्यक्ष र महासचिवमा रन्जु दर्शना छन्। यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार छन्।

विवेकशील साझाबाट संवाद समितिका संयोजक परियारले वैकल्पिक राजनीतिक दलवीचको ‘बृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको बताए।

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता महसुस भइरहेका बला नवयुवाको आन्दोलन ‘जेन-जी विद्रोह’ले विवेकशील साझा पार्टी र रास्वपाबीचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर विकास,समृद्धि र सुशासनको उत्कट चाहना परिणाममुखी बनाउने दायित्वलाई सफल बनाउने प्रतिवद्धतासहित एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, परियारले भने ।

पार्टी एकीकरणका अन्य प्राविधिक कुरा दुवै दलका नेताहरूको उच्च समझदारीबाट चाँडै सहमतिमा टुंग्याइने उनले बताए ।

वैकल्पिक राजनीति थालेका पार्टीका संस्थापक स्वर्गीय उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपीवद्ध गर्दै प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने गरी एकीकरण भएको हो।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ३८ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका