पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ « Khabarhub

पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ०४ बजे

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत