कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। बिहीबार बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सरेको हो।

पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेको कांग्रेसले पटकपटक बैठक सार्दै आइरहेको छ।

असोज २८ गते सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको केन्द्रीय समिति बैठक अझै पनि टुंगिएको छैन।

महामन्त्रीद्वय गगकुमार थापा र विश्वप्रकाश शर्माहरु तत्कालै विशेष् महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन समूह (सभापति शेरबहादुर देउवा) समूह भने फागुनको २१ को प्रतिनिधि सभा निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

महामन्त्री थापा अब नियमित महाधिवेशनको च्याप्टर सकिएको र विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताउँदै आएका छन्।

यही विषयमा सहमति नहुँदा कांग्रेस बैठक सर्दै आइरहेको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ४६ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने