एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन « Khabarhub

एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्।

उनीहरू चुनाव चिह्न चकिया (जाँतो)मा चुनाव लड्ने भएका हुन्। बुधवार निर्वाचन आयोग पुगेर राई, महतो र चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष राईले जसपाको नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचनपछि पनि कुनै कम्युनिस्ट पार्टीमा मिसिने सम्भावना नरहेको बताए।

‘नेपाली कम्युनिस्ट पार्टीमा एकता हुँदैन,’ राईले भने, ‘हामी तीन वटा दल मिलेर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छौँ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको जिकिर गरे। सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए। ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो। सबैभन्दा ठूलो कुरा मुद्दा हो। मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो,’ चौधरीले भने, ‘देश रहेन भने केको अधिकार? केको थारु? देश ठूलो कुरा हो।’

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए। तर आफूहरू एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए।

निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरूको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ३० बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका