विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो « Khabarhub

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको छ। बिहीबारका लागि तय भएको बैठक शुक्रबार दिउँसोसम्मलाई सरेको हो।

२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने पक्षबीचको रस्साकस्सी बुधबार दिनभर पनि चलि नै रह्यो।

अब बस्ने केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र भए नियमित, नभए विशेष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्दै दबाब दिन बुधबार कार्यक्रम नै आयोजना गरियो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट समूहले बुधबार दिउँसो राष्ट्रिय सभा गृहमा भेला गरेर महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका ल्याउन संस्थापन पक्षमाथि दबाब बढाए ।

२०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी रहेका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भएको विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलाले महाधिवेशनको मिति सार्वजनिक गर्न दबाब नै दियो ।

उक्त भेलामा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिको सहभागिता थियो । बैठकमा बोल्ने वक्ताहरूले कुनै पनि हालतमा सके नियमित नभए पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे। अब बस्ने केन्द्रीय समिति बैठकले मिति घोषणा नगरे केही दिनभित्रै विशेष महाधिवेशनको मिति घोषणा गर्ने उनीहरूले चेतावनी समेत दिए ।

‘यसरी झारा टारेर महाधिवेशनको ग्यारेन्टीसहितको मिति नआउने हो भने केही दिनभित्रै हामी विशेष महाधिवेशनको मिति तोकेर अघि बढ्छौँ,’ विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्य मधु आचार्यले भने।
बुधबा दिनभर राष्ट्रिय सभागृहमा विशेष महाधिवेशन पक्षधरको कार्यक्रम चलिरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने महाधिवेशनको विषयमा सहमति जुटाउने प्रयास स्वरूप संवादमा लागिरहे ।

महामन्त्रीद्वय थापा र शर्मासहित नेता रमेश लेखक समेत सहभागी भएको बैठकले सहमति भने जुटाउन सकेन। ‘दिनभर नै संवाद भयो तर सहमति हुन सकेको छैन,’ एक नेताले भने।

बैठकमा महामन्त्रीद्वयले पुसको मसान्तमा कुनै पनि हालतमा महाधिवेशनको गर्ने कार्यतालिका केन्द्रीय समिति बैठकमा लैजानुपर्ने अडान राखेका छन् । तर, कार्यवाहक सभापति खड्काले भने विशेष महाधिवेशन गर्न नसकिने अडान लिए ।

उनले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भन्दै विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन पनि महामन्त्रीद्वयलाई अनुरोध गरे । जसमा महामन्त्रीद्वयले सहमति नजनाएको जानकारी आफूले पाएको अर्का एक केन्द्रीय नेताले बताए ।

‘कार्यवाहक सभापतिले क्रियाशील सदस्यताको काम सकौं र त्यसतर्फ लागौं भनेर भनिरहनुभएको रहेछ। यस्तै विषयमा कुरा मिलेको छैनरहेछ,’ ती नेताले भने।

उनले दिएको जानकारी अनुसार बुधबार कार्यवाहक सभापति र महामन्त्रीबीचको संवादबाट समाधान ननिस्किएपछि भोलिको केन्द्रीय समिति बैठक पर्सिसम्मलाई सारिएको हो।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ३४ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा