बलोचिस्तानमा जबरजस्ती बेपत्ताका घटना बढ्दै, सुरक्षाकर्मीले १५ वर्षीया बालिकालाई पनि छाडेनन् « Khabarhub

बलोचिस्तानमा जबरजस्ती बेपत्ताका घटना बढ्दै, सुरक्षाकर्मीले १५ वर्षीया बालिकालाई पनि छाडेनन्


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको बलोच याकजेठी समितिले प्रान्तमा जबरजस्ती बेपत्ता पारिने घटनामा वृद्धि भइरहेकोमा निन्दा गरेको छ । हालै बलोचिस्तानको हुब क्षेत्रमा १५ वर्षीया बालिकालाई जबरजस्ती बेपत्ता पारिएको घटना सार्वजनिक भएसँगै समितिले निन्दा गरेको हो ।

अवरन क्षेत्रमा हुर्किएकी १५ वर्षीया नसरिना बलोचलाई हुबमा आफ्नै परिवारसँग रहेका बेला सुरक्षाकर्मीले अपहरण गरेको समितिले जनाएको छ । राति घरमा बसिरहेका बेला पाकिस्तानी सुरक्षा बल र जासुसी एकाईले छापा मारेर उनको अपहरण गरेको जनाइएको छ ।

समितिका अनुसार छापा मार्ने क्रममा उनका परिवारलाई सुरक्षाकर्मीले डर त्रास देखाएको र नसरिनालाई अज्ञात स्थलमा लगिएको थियो । उनको अवस्थाबारे कुनै जानकारी नदिइएकाले परिवार अझै पनि तनाव र त्रासमा रहेको समितिले उल्लेख गरेको छ ।

यसअघि पनि बलोचिस्तानमा सुरक्षाकर्मीले स्वतन्त्र बलोचिस्तानको माग राखी पृथकतावादी गतिविधि सञ्चालन गरेको भन्दै सयौँ नागरिकलाई बेपत्ता पार्दै आएको बलोचवर्नाले जनाएको छ ।

सात महिनाअघि पनि बलोचिस्तानको राजधानी क्वेट्टामा रहेको एउटा होस्टेलबाट पोलियो रोगले ग्रस्त माह जबिन बलोच नाम गरेकी एक जना विद्यार्थीलाई सुरक्षाकर्मीले अपहरण गरेका थिए । उनको अवस्था अझै पनि अज्ञात नै छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ४३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज