बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै « Khabarhub

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग स्पिन सन्दीप लामिछानेको टिमले आज पहिलो खेल खेल्दैछ।

लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा वारियर्सले सिलेट टाइटन्सको सामना गर्न लागेको हो। पहिलो खेलमा सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका हुन्। लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन्। रोचक त के छ भने आज पहिलो खेलमा सन्दीपले प्रतिस्पर्धा गर्न लागेकै टिम सिलेट टाइटन्समा यसअघि उनी २०१९ मा अनुबन्ध भएका थिए।

सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन्। यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशमसमेत छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ०० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको