देशभर पश्चिमी वायुको आंशिक प्रभाव « Khabarhub

देशभर पश्चिमी वायुको आंशिक प्रभाव


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना छ भने बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो रहन सक्ने महाशाखाले जनाएको छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

राति तराईका अधिकांश स्थानमा हुस्सु कायमै रहने सम्भावना छ। यसैगरी सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४१ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल