आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ? « Khabarhub

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी-२० वरीयतामा भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह १० स्थानमाथि उक्लिएका छन्। उनी अहिले १८ औं स्थानमा छन्।

भारतीय क्रिकेटर ब्याटरतर्फ तिलक बर्मालेसमेत उच्च लय देखाउँदो तेस्रो स्थानमा उक्लिएका छन्। अहिले भारतका अर्का ब्याटर अभिषेक शर्मा शीर्ष स्थानमा छन्।

टी-२० वरीयतामा बलिङतर्फ भारतकै वरुण चक्रवर्ती शीर्ष स्थानमा कायम छन्। बलिङको टेस्ट लिस्टमा बुमराह एक नम्बरमा छन् भने प्याट कमिन्सले उनलाई पछ्याइरहेका छन्। पछिल्लो सूची अनुसार चार स्थान सुधार गर्दै कमिन्स दोस्रो नम्बरमा उक्लिएका हुन्। उनी बुमराह भन्दा ३० अंकले पछाडि छन्।

अलराउन्डतर्फ मिचेल स्टार्क तेस्रो स्थानमा उक्लिएका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ४९ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को