थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने « Khabarhub

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक एक्सन फिल्म ‘जन नायगन’ आगामी जनवरी ९ मा प्रदर्शनमा आउने तय भएको छ। निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको यो फिल्म हिन्दीमा ‘जन नेता’ शीर्षकमा पनि रिलिज हुनेछ।

फिल्म नेपालमा पनि प्रदर्शनको तयारीमा रहेको छ। क्युएफएक्ससहितका ठूला मल्टिप्लेक्सहरूले आफ्नो वेबसाइटको ‘कमिङ सून’ सूचीमा फिल्मलाई समावेश गरिसकेका छन्।

भारतीय मिडियाका अनुसार ‘जन नायगन’ को कथा राजनीतिक शक्ति संघर्ष, षड्यन्त्र र रणनीतिक द्वन्द्व वरिपरि घुम्छ। विगतको एउटा सानो घटनाबाट सुरु भएको कथा समयसँगै दुई शक्तिशाली पात्रबीच गहिरो टकरावमा परिणत हुन्छ, जसले फिल्मलाई तीव्र र रोचक बनाएको छ।

फिल्ममा विजय मुख्य भूमिकामा देखिनेछन् भने बलिउड अभिनेता बबी देओल खलनायकको भूमिकामा प्रस्तुत हुनेछन्। विजय र बबी देओलबीचको आमनेसामने भिडन्तलाई फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ।

विजय र बबी देओलसँगै पूजा हेगडे, ममिता बैजू, गौतम बासुदेव मेनन, नारायण र प्रियामणि लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। उच्च रोमाञ्चक दृश्य, राजनीतिक थ्रिल र बलियो स्टारकास्टका कारण फिल्मले दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको दाबी छ।

यसैबीच, थलापति विजयले हालै आफ्नै राजनीतिक दल घोषणा गरिसकेकाले ‘जन नायगन’ लाई उनको अभिनय यात्राको अन्तिम फिल्मका रूपमा पनि हेरिन थालेको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ११ : ४३ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन