गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ  « Khabarhub

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको संवाद सहमतितिर अघि बढेको दाबी गरेका छन् । 

पराजुलीले मेयर बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनका लागि सहमतिउन्मुख रहेकाले चाँडै नै सकारात्मक खबर सुन्न पाइन सक्ने दाबी गरे । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेन संवादमा रहेको बताउँदै पराजुलीले देशमा सबै वैकल्पिक शक्तिहरू एक भएर जाने कुरामा तयार भएको उनले उल्लेख गरे । यसका सहमतिका केही खाका तयार भइरहेको पनि उनले बताएका छन् । 

‘हामीले लामो समयदेखि यसबारे छलफल गरिरहेका थियौँ। वार्ता सकारात्मक भएर सहमतिउन्मुख पनि छ’, पराजुलीले खबरहबलाई भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्पमा कोही जान तयार हुनुभएको छैन । हामीले वार्तालाई सकारात्मक र सहमतिउन्मुख भनेका छौँ ।’ 

सबै शुभचिन्तक र नेपाली जनताको आशाअनुरूप नयाँ सहमतिका केही कुराहरू शुक्रबार नै सार्वजनिक हुन सक्ने देखिएको उनले बताएका छन्। पराजुलीले छलफल र वार्ता जारी रहेकाले चाँडो निकासा दिनेसमेत दाबी गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ४९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी