चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित « Khabarhub

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् । 

निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् ।

चिसोका कारण मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा विकास साहले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म बिराम आउने गरेका छन् ।

बारी तथा खेतमा लगाइएको हिउँदेबाली, दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेका किसानले बताएका छन् । चिसोका कारण जिल्ला सदरमुकाम जलेश्वरसहित सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । यसैबीच, जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् ।

जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा चिसोका बिरामीको सङ्ख्या वृद्धि भएको प्रादेशिक अस्पतालका प्रमुख डा साहले बताए ।

बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई आइपर्ने विपद्सँग जुध्नका लागि तयार भएर बस्न निर्देशन दिएको छ । 

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गर्नुका साथै सबै पालिका प्रमुखसँग जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न आग्रह गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका नागरिकलाई चिसो बढिरहेकाले आवश्यक नपरेको खण्डमा घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : ४५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।