लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु  « Khabarhub

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका–१ का ३१ वर्षीय प्रकाश तामाङको मृत्यु भएको छ ।
 
भीमेश्वर नगरपालिका–७ उखुबारीमा बिहीबार लप्सी टिप्न रुखमा चढेका तामाङ  खसेर गम्भीर घाइते भएका थिए । उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो।
 
घाइते तामाङलाई सुरुमा सदरमुकाम चरिकोटमा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल ल्याएका उनको  उपचारकै क्रममा गए राति मृत्यु भएको मृतकका दाजु जनक तामाङले जानकारी दिए।
 
लप्सीको ठेक्का लिएर काम गर्दै आएका तामाङ भीमेश्वर–७ उखुबारीका स्थानीय ८४ वर्षीय रितबहादुर बस्नेतको बारीमा लप्सी टिप्न रुखमा चढेका थिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३५ बजे

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका