जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल « Khabarhub

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घर पुगेको छ ।

साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताए । उनले भने, “सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमापुगेका हौँ । दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौँ । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ ।”

भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए । उनले भने, “सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ । चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो ।”

प्रजिअ नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताइन् । उनले भनिन्, “घरमै आएर हाम्रो अवस्था बुझ्नुभयो, सान्त्वना दिनुभयो र रोजगारी दिने विषयमा छलफल भएको छ ।”

दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट रु १५ लाख र शिवनाथ गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो । बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो । साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ३१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा