पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन « Khabarhub

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्न थालेको हो ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्याङ्की निर्माणका लागि पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानीको ट्याङ्की निर्माणका लागि खच्चरलाई पानी बोकाएर काम सुरु गरिएको छ । पञ्चासेमा मुल रहेको खानेपानी हिल स्टेसनसम्म पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट लिफ्टिङ विधिबाट आयोजना सञ्चालन गरिएको सन्धिखर्क-७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए ।

उनका अनुसार मोटरबाटो नपुगेको स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चरले पानी बोकेर कामलाई तीव्रता दिइएको छ । डोल्पाबाट हिँडेका सात वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको वडाध्यक्ष केसीले जानकारी दिए ।

“पञ्चासे मुलबाट ट्याङ्की निर्माण हुन लागेको छोर्लेकमा सात वटा खच्चरले दैनिक पाँच पटक पानी लैजान्छन् । एउटा खच्चरले एकपटकमा ७० लिटर पानी बोक्न सक्छ”, उनले भने । प्रतिखच्चर दैनिक रु पाँच हजार दिने गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले जानकारी दिए ।

“यसरी पानी बोकाउँदा करिब एक लिटरको रु १० पर्ने गरेको छ”, उनले भने । खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानका रूपमा परिचित छ । हिल स्टेसनसम्म पुग्ने पूर्वाधारसहित अन्य सुविधाको पहुँच सहज बन्दै गएको यो क्षेत्र अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष केसीले बताए ।

हिल स्टेसनमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे । सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित बनाउन र विकास गर्न योजनाबद्ध रूपमा काम गरिरहेका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले लिएको उनको भनाइ छ । सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँचीको पहिचानका साथै पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ०८ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित