चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण « Khabarhub

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौंं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

आज बुझाइएका ६० वटासहित १८१ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ । साथै चोरीका १३ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा ४१७ वटा र आव २०८१÷८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारी फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ०७ बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन