बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन « Khabarhub

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँको एकता सहज नभएको बताएका छन्। 

नयाँ शक्ति मिल्ने कुरामा कुनैमा पनि द्विविधा नभए पनि एकताका खाकाहरू तयार पार्न समय लाग्ने उनले बताएका छन् । सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालका हल्लाजस्तै आजैभोलि एकताको सम्पूर्ण तयारी भई नसकेको उनी बताउँछन्।

‘नयाँ शक्ति मिल्नुपर्छ भन्नेमा हामीबीच फरक मत छैन । मेयर सावको कुरा पनि त्यही हो, तर बाहिर आए जस्तो सहमति भइसकेको छैन । अहिले त्यस्तो भइसकेको अवस्था होइन’, उनले भने ।

बालेनका ती सदस्यले समानुपातिकको सूची बुझाउनुअघि सहमति हुने विश्वास गरे। ‘समानुपातिकको बन्दसूची बुझाउने दिन १४ गतेसम्ममा केही निर्णय आउला’, उनले भने, ‘एकता नभए हामी आ-आफ्नो ढंगले अगाडि बढ्न सक्छौँ, सकभर नयाँ शक्ति मिल्न सकिन्छ ।’ 

ती सदस्यले अगाडि थपे, ‘नयाँहरू मिलेर आउने पुरानालाई हराउने विचारसहित सबै अगाडि बढेको देखिन्छ । तर सबै कुरा मिलेको छैन ।’

पछिल्लो समय बालेन र रविबीच शुक्रबार नै सहमति हुने लगायत समाचार  आएका थिए । तर उनीहरूबीच नयाँ शक्ति एक भएर जाने विषयमा दुईमत नरहेको बताइन्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताका अनुसार सहमतिउन्मुख भए पनि त्यसका लागि तयार पारिएका बुँदाहरूमा गृहकार्य भइसकेको छैन। ‘सहमतिउन्मुख मात्रै छ भनौँ अहिलेलाई , सहमतिको सम्पूर्ण गृहकार्य भइसकेको छैन। मोर्चा मात्रै भएर अगाडि बढ्छ कि?’, उनले भने ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ४५ बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६