चिसो बढेपछि बाँकेमा दाउरा वितरण « Khabarhub

चिसो बढेपछि बाँकेमा दाउरा वितरण


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले १५ हजार क्यूफिट दाउरा वितरण गरेको छ । जिल्लाका स्थानीय तहले तोकिएको राजस्वको २५ प्रतिशत शुल्क बुझाएर डिभिजन वन कार्यालयबाट अहिलेसम्म १५ हजार क्यूफिट दाउरा लिएको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए ।

उनले अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकाका केही वडा, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाँउपालिकाबाट दाउराको मागबमोजिम वितरण भएको जानकारी दिँदै अझै केही पालिकाबाट माग आउन सक्ने बताए । ‘चिसो बढ्दै गएको छ र दाउराको माग पनि बढ्ने क्रम जारी छ’, उनले भने । चिसो बढेपछि केही दिनमै सो परिमाणमा दाउरा वितरण भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले नेपालगन्जका केही वडाले आगो ताप्नका लागि आफै दाउरा खरिद गरेको र पालिकास्तरबाट पनि दाउरा खरिदका लागि पत्राचार गरिएको जानकारी दिए । 

उनले वन कार्यालयलाई पत्राचार गरिएको र छिट्टै खरिद गरेर सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुन लागेको बताए । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार पालिकाले वन कार्यालयसँग सुलभ मूल्यमा दाउरा माग गर्ने निर्णय भएको बताइएको छ ।

स्थानीय तहले डिभिजन वन कार्यालयबाट दाउरा खरिद गरेर नेपालगन्ज र आसपासका सार्वजनिक क्षेत्रमा आगो ताप्ने प्रबन्ध गर्न लागेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समितिले २०८२ का लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट बाँकेमा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । 

बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरभन्दा गाउँ क्षेत्रमा बढी पर्ने अनुमान छ । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ३१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन