११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ « Khabarhub

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाका अनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो ।

थाइल्यान्डको बैंककहुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौं आएका उनीहरूलाई शुक्रबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचर काठमाडौंले गाँजासहित नियन्त्रणमा लिएको हो ।

उनीहरूले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन् । उनीहरू चारै जनालाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ४० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक