सोमबार डलर स्थिर हुँदा कुन विदेशी मुद्राको मूल्य बढ्यो र घट्यो ? « Khabarhub

सोमबार डलर स्थिर हुँदा कुन विदेशी मुद्राको मूल्य बढ्यो र घट्यो ?


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य सोमबार स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ। स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ। साथै अन्य विदेशी मुद्राको भाउ स्थिर छ।

केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा तोकिएको छ।

एक युरोको खरिददर एक सय ४४ रुपियाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ६१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९५ पैसा र बिक्रीदर ९६ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६० पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३६ पैसा र बिक्री दर १९ रुपियाँ ४४ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६८ पैसा र बिक्रीदर १७ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपियाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपियाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५७ रुपियाँ ५९ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ १५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ५४ बजे

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र