आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट | Khabarhub Khabarhub

आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्।

कोलम्बियाले फर्काइएका आप्रवासी बोकेको प्लेनलाई कोलम्बियाले फर्काइ दिएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।

कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट निर्यात सामानलाई यसैगरी थप शुल्क लगाउने बताउँदै आफ्ना नागरिकलाई नागरिक उड्डयन विमानबाट ल्याउने दाबी गरेका छन्। उनले आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नमिल्ने चेतावनीसमेत दिए।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्पको ठुलो आलोचना गरेका छन्। उनले अमेरिकी समानमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणासमेत गरिसकेका छन्।

यसैबीच कोलम्बियाले आफ्ना नागरिकलाई ‘प्रेसिडेन्टल प्लेन’ बाट ल्याउने बताएको छ। त्यस लगत्तै यो सवाललाई अमेरिकाले भने अस्वीकार गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियाले यसअघि नै सैन्य विमानबाट नागरिक ल्याउने कुरा कोलम्बियाले स्वीकार गरेको तर पछिल्लो समय त्यसमा असन्तुष्टि जनाएको आरोप लगाएका छन्।

सिकागोमा धरपकड सुरु गरेको ट्रम्प प्रशासनले सीमाका लागि जिम्मेवारी दिएको टम होम्यानले सीमामा सुरक्षाका लागि रकम बढाउन पर्ने बताएका छन्। उनले त्यहाँ आप्रवासी डिटेन्सन सेन्टरका लागि थप एक लाख बेड आवश्यक रहेको बताएका हुन्।

कोलम्बियापछि ब्राजिलले आफ्ना नागरिकलाई तल्लो तहको व्यवहार गरेको प्रतिक्रिया दिएको छ। विमानमा उनीहरूको हात चेनले बाँधिएको थियो।ब्राजिलले यो दुई देशको सम्झौता विपरीत भएको जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : १० बजे

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडी– बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द

आजका समाचार : ओलीको जन्मथलोमा माओवादीको स्मारक, संसद् बस्ने भएपछि जुटे सत्तारुढ र अछाममा किशोरीको हत्या झन्झन् रहस्यमय

सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टिसत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले सरकारको सिफारिसमा

सरकारले जनपक्षीय काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)

गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु

सिरहा– गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ ।

‘आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक’ 

काठमाडौं – सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान