बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्‍यो सात गोल « Khabarhub

बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्‍यो सात गोल


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा गरेको छ। शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल गर्नुका साथै दुई एसिस्ट गरेपछि बार्सिलोना ७–१ ले विजयी भएको हो।

दोस्रो मिनेटमा नै फ्रान्क डी जोंगले बटम कर्नरमा प्रहार गर्दै शानदार गोल गरेका थिए। त्यसको पाँच मिनेटपछि नै फर्नान टोरेसले अर्को गोल थपे।

राफिन्हाले खाली पोस्टमा गोल गरेपछि बार्सिलोना १४ औँ मिनेटमा तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। फर्मिन लापेजले २४ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।

खेल सकिन ३० मिनेट बाँकी रहँदा डिएगो लोपेजको क्रसमा हुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे। त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्ट लेडवास्कीले गोल गरे।

यो सिजनको लिगमा उनले बार्सिलोनाका लागि १७ औँ गोल गरेका हुन्। बार्सिलोनाको अन्तिम गोल सेसर टारेगाले गरे। बार्सिलोनाले लिगमा यसअघि सन् २०२४ को अगस्टमा रियल भालाडोलिडलाई ७ -० ले हराएको थियो।

अन्य खेलमा रायो भाल्कानोले गिरोनालाई २-१ ले हरायो भने गेटाफेले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। एथलेटिक क्लब र लेगानेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकाका रियल म्याड्रिड ४९ अङ्कसहित पहिलो स्थानमा छ भने एथलेटिको म्याड्रिड ४५ अङ्कसहित दोस्रो तथा बार्सिलोना ४२ अङ्कसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ४४ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट