हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने « Khabarhub

हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

गाजा – हमासले यो साता थप ६ जना बन्दी रिहा गर्ने भएको छ। यसरी बन्दी रिहा भएपछि उत्तरका गाजाबासीलाई घर फर्कन दिइने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।

यसरी रिहा गरिने बन्दीमा अर्बेल यहुद पनि रहेकी छिन्। उनलाई नछाडेकै कारण इजरायलले उत्तरमा घर फर्कनेमाथि अवरोध सिर्जना गरेको थियो।

हमासले शनिबार चार इजरायली सैन्य महिलालाई छाडेको थियो इजरायलले जेलमा कैदी बनाइएकालाई इजरायलले छाड्नु अगावै आफ्ना सर्वसाधारण नागरिकलाई नछाडेर हमासले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएको थियो।

युद्ध विराम लागु भएपछि सात बन्दी तथा दुई सय जना कैदी रिहा भइसकेका छन्। घर फर्किरहेका हजारौँ जना अहिले गाजामा इजरायलको अवरोधका कारण रोकिएका छन्। १९ जनवरीदेखि लागु भएको युद्ध विराममा दुई पटक बन्दी रिहा गर्ने काम भइसकेको छ। तेस्रो पटक हमासले शुक्रबार यहुद र अन्य दुई जनालाई छाड्ने छ। मध्यस्थ गरीरहेको कतारले दिएको जानकारी अनुसार शनिबार तीन जनालाई छाड्ने छ।

इजरायलले सोमबारदेखि गाजमा अलमलिनेलाई छाड्ने छ। साथै यो साता जेलमा रहेका प्यालेस्टाइनीलाई पनि छाड्ने छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ५८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक