सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक « Khabarhub

सुजाताले लेखिन् बुवा गिरिजाप्रसादबारे पुस्तक


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाबारे पुस्तक लेखेकी छन् ।

गिरिजाप्रसादकी छोरीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री कोइरालाले ‘म र सानोबुवा’ नामको पुस्तक लेखेकी हुन् ।

उनले उक्त पुस्तक गिरिजाप्रसादको स्मृति दिवसमा बिमोचन तयारी गरेकी छन् । ‘यो मेरो किताब हो । भर्खर सिध्याएँ । प्रुफ रिडिङ हुँदैछ,’ नेतृ कोइरालाले भनेकी छन्, ‘छिटोभन्दा छिटो गिरिजाबाबूको स्मृति दिवसमा यो निस्किने छ ।’

कोइरालाले पुस्तकमा आफूले कांग्रेसका पूर्वसभापति गिरिजाप्रसादको इतिहास नबिगारेर लेख्ने प्रयास गरेको पछि बताएकी छन् ।

‘यसमा कति कुरा छुटेको हुन सक्छ । कति कुरा तपाईंहरूलाई ठीक नलाग्न सक्छ,’ पुस्कत पढ्न आग्रह गर्दै कोइरालाले भनेकी छन्, ‘तर, भरसक मैले प्रयास गरेको छु, यसमा गिरिजाबाबुको इतिहासलाई नबिगारी लेख्ने प्रयास गरेको छु ।’

गिरिजाप्रसाद कोइरालाले तीन कार्यकाल कांग्रेसको नेतृत्व गरेका थिए । उनी २०५२ देखि ०५७ सालसम्म पहिलो कार्यकालका लागि कांग्रेसको सभापति बनेका थिए ।

गिरिजाप्रसादले ०५७ देखि ०६२ सम्म दोस्रो कार्यकाल र ०६२ देखि ०६६ सम्म तेस्रो कार्यकाल कांग्रेसको नेतृत्व गरेका थिए ।

उनी ५ पटक प्रधानमन्त्री पनि भए । ०४८ सालमा पहिलोपल्ट प्रधानमन्त्री बनेका उनले ०५४, ०५५, ०५६ र ०६३ मा सरकारको नेतृत्व गरे । ०६६ साल चैत ७ गते उनको निधन भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको