‘पूर्णबहादुरको सारङ्गी– २’ घोषणाप्रति निर्देशकको असन्तुष्टि : मेरो सिर्जना कमाइ खाने भाँडो हुन लाग्यो « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी– २’ घोषणाप्रति निर्देशकको असन्तुष्टि : मेरो सिर्जना कमाइ खाने भाँडो हुन लाग्यो


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल स्टारर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले सबैभन्दा बढी ग्रस कलेक्सन गरेर कीर्तिमान राखेको कारण चर्चामा छ ।

प्रदर्शनको करिब तीन महिना पुग्दा पनि यो फिल्म हलबाट उत्रिएको छैन । यस फिल्मको निर्माण कम्पनी सेभेन सिज सिनेमाले आइतबार एक कार्यक्रमको आयोजना गरी सफलता मनाएको थियो ।

त्यही कार्यक्रममा यसको सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी–२’ निर्माणको घोषणा गरिएको थियो । सिक्वेल सेभेन सेभेन सिज सिनेमाकै ब्यानरमा बन्ने घोषणा गरिएको थियो । निर्माता विनोद पौडेल रहने बताइएको छ ।

सिक्वेल बन्ने विषयमा फिल्मका निर्देशक तथा लेखक सरोज पौडेलले भने आपत्ति जनाएका छन् । आफूसँग सल्लाह नभइ सिक्वेल घोषणा गर्नु उचित कदम नभएको उनको तर्क छ ।

उनले खबरहबसँग भने, ‘यो फिल्मको कथा मेरो सिर्जना हो । फिल्मका पात्रहरु मेरो नै सिर्जना हुन् । यसरी मेरो सिर्जनाको सिक्वेल बनाउँदा मलाई सामान्य जानकारी पनि गराइएन ।’

फिल्मले इतिहास राखेको हुनाले आफू सिक्वेल निर्माणको विपक्षमा केही अघिदेखि नै मत राख्दै आएको उनको भनाइ छ ।

उनले भने, ‘फिल्मले इतिहास राख्यो । फिल्मका मुख्य पात्र पूर्णबहादुर पहिलो भागमा मृत्यु भएको छ । कथा पूर्ण छ । इतिहास राखेको फिल्मलाई सिक्वेल बनाउ चलाउने पक्षमा म छैन । यसलाई इतिहासकै रुपमा राख्न चाहान्छु ।’

सिक्वेल बनाएर आफ्नो सिर्जनलाई निर्माता पौडेलले गरिखाने भाँडो बनाएको उनको तर्क छ । उनी भन्छन्, ‘सिक्वेलका नाममा दर्शकललाई हलमा तान्न निर्माता लागिपरेको मेरो बुझाइ छ । यसरी अरुको सिर्जनलाई व्यापारिक दृष्टिकोणले मात्रै हेर्नु दुखद कुरा हो ।’

यद्यपि सिक्वेल बनाउने भए आवश्यक प्रक्रिया पूरा गर्न निर्माता पौडेललाई उनको सुझाव छ । उनी भन्छन्, ‘मेरो सिर्जनाको सिक्वेल अरुले बनाउँदा मसँग केही प्रक्रियागत समन्वय गर्नु आवश्यक हुन्छ । यस विषयलाई ध्यान दिन म सुझाव दिन्छु ।’

‘पूर्णबहादुरको सारङ्गी’को सफलतासँगै सेभनसिन सिनेमा विवाद परिरहेका छ । यसअघि आर्थिक अपरादर्शिताका कारण निर्माताद्वय प्याट्रिक सुवेदी र रमेश ढकालले सेभेजसिज सिनेमा छोेडेका छन् ।

सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा यी दुवै निर्माता अनुपस्थित रहे ।

सुबेदी र ढकालको बहिर्गमनपछि पौडेलले सेभनसिज सिनेमालाई एक्लै हाँक्दै आएका छन् । यस ब्यानरको फिल्मको आगामी फिल्म ‘रोल नम्बर १’ हो ।

‘पूर्णबहादुरको सारङ्गी-२’ निर्माण घोषणा गरे निर्देशक पौडेललको असन्तुष्टिले कानुनी झमेला आउन सक्ने देखिन्छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : १६ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला