प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन् « Khabarhub

प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन्


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई रुघाखोकी लागेर बालुवाटारमा आराम गरिरहँदा आईसीयूमा रहेको पुरानो फोटो भाइरल गर्ने गरिएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्

उनले बालुवाटारमा आराम गरेर बस्दा पनि आईसीयुमा रहँदाको फोटो सार्वजनिक गरेर भ्रम फैलाइएकोको बताए ।

‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलिक कमजोर बनाएको छ’, उनले भने, ‘तर हाँच्छ्यु गरेको देख्यो भने आईसीयू कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन, आईसीयूमा बसेको देखाउँछन् ।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाले मोर्चा र शक्ति बनाएँ भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूरा साथ पाएको बताए । उनले भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूरा साथ दिने स्पष्ट पारे ।

उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका धेरै काम दिने पनि बताउँदै सहमति भए छिट्टै संविधान संशोधन हुने उल्लेख गरे । यदि सहमति नभएमा केही समय लाग्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ०४ बजे

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा