आशिका तामाङ १० हजार धरौटीमा रिहा, अर्को मुद्दा चलाउन भक्तपुर लगिँदै | Khabarhub Khabarhub

आशिका तामाङ १० हजार धरौटीमा रिहा, अर्को मुद्दा चलाउन भक्तपुर लगिँदै


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेर लगेको हो ।

गत माघ २ मा अभद्र व्यवहार मुद्दामा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी बृत्तमा राखेर मुद्दा अघि बढाइएको थियो । उक्त मुद्दामा काठमाडौंका प्रजिअ तिवारीले धरौटीमा छाडे पनि भक्तपुरमा अर्को मुद्दा चलाउन पक्राउ गरिएको हो ।

आशिकाले काठमाडौंमा धरौटी बुझाएपछि भक्तपुर पठाइएको हो । आशिका पुस अन्तिममा पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीबारे गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीसँग भनाभनमा उत्रिउकी थिइन् ।

पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको थियो । कार्यालयमा पुगेको प्रहरीसँग पनि आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए ।

आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब परेको थियो । अब उनलाई भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा नै चलाउन लागिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ४९ बजे

पाथीभरा प्रकरणमा गृहमन्त्रीको विज्ञप्ति – घाइतेलाई उपचार आश्वासन, विवाद मिलाउन अनुरोध

काठमाडौं – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार

लेबनानमा इजरायली आक्रमणमा तीव्र, २५ जनाको मृत्यु, १६० घाइते

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा

‘विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान’

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको

देशव्यापी सम्मेलन र खबरदारीबाट माओवादीमा नयाँ जागरण : सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले