सरकारले जनपक्षीय काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

सरकारले जनपक्षीय काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् । 

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गर्दै आएको जिकिर गरे। 

‘दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका सरकारले जनपक्षीय काम गरेका कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएका छन्’, मुख्यमन्त्री कँडेलले भने ,’एमालेको सही नीति, विचार र नेतृत्वकै कारण जनताको आकर्षण बढेको छ । यसलाई कायम राख्न थप क्रियाशीलता आवश्यक छ ।’

उनले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सकेंत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राखे। 

बैठकमा पार्टीका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर विष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा