नेपाल कबड्डी लिग : जनकपुर नाइट्स फाइनलमा « Khabarhub

नेपाल कबड्डी लिग : जनकपुर नाइट्स फाइनलमा


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

योसँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ । उसले इलिमिनेटरको विजेतासँग खेल्ने भएको हो । इलिमिनेटरमा काठमान्डु माभरिक्स र हिमालयन रेइडर्सबिचको विजेतासँग खेल्नेछ ।

जनकपुरले खेलभर रेडमा १५, ट्याकलमा १३, दुई अलआउटमा चार र बोनसमा दुई अङ्क जोड्यो । विराटनगरले भने रेडमा आठ, ट्याकलमा १०, एक अलआउटमा दुई र बोनसमा १२ अङ्क जोड्यो । पहिलो हाफमै जनकपुरले ११ अङ्कको अग्रता लिएको थियो ।

जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो । रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा चार अङ्क जोडेको थियो । बोनसमा भने दुई अङ्क मात्रै थप्न सक्यो । विराटनगरले भने रेड र ट्याकलमा समान तीन अङ्क जोड्यो । बोनसमा भने ६ अङ्क बटुल्दै खेल २३–१२ मा सक्काएको थियो ।

दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको थियो । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो । उसले चार ट्याकल र एक रेडमा तीन अङ्क थप्दै खेल ३३–३० मा पु¥यायो ।

जनकपुरले दोस्रो हाफमा कूल ११ अङ्क जोड्यो । विराटनगरले त्योभन्दा नौ अङ्क बढी ल्याए पनि जित हात पार्न सकेन । जनकपुरले यो हाफमा रेडबाट तीन, ट्याकलबाट सात र बोनसबाट एक अङ्क हात पारेको थियो । विराटनगरले भने रेडमा पाँच, ट्याकलमा सात, एक अलआउटमा दुई र बोनसमा ६ अङ्क बटुल्यो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : १९ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस