युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित « Khabarhub

युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले पराजयको सामना गरेको छ। बुधबार भएको युरोपेली नेसन्स लिगको खेलमा इंग्ल्यान्डले स्पेनलाई १-० ले हराएको हो।

सन् २०२३ को विश्वकप फाइनलमा स्पेनले इंग्ल्यान्डलाई हराएर उपाधि जिते यता यी दुई देशको पहिलो पटक भेट भएको हो।

बुधबार भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउने क्रममा जेस पार्कले निर्णायक गोल गरिन्। यस अघि पोर्चुगलसँगको खेलमा १-१ गोलको बराबरी गरेपछि इङ्लिस टोलीको धेरै आलोचना भएको थियो।

स्पेनसँगको खेलमा भने इङ्गल्यान्ड केही हदसम्म भाग्यमानी पनि साबित भयो। लुसिया गार्सियाको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १० : १६ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको