युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित « Khabarhub

युरोपेली नेसन्स लिग : इंग्ल्यान्डसँग विश्व च्याम्पियन स्पेन पराजित


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले पराजयको सामना गरेको छ। बुधबार भएको युरोपेली नेसन्स लिगको खेलमा इंग्ल्यान्डले स्पेनलाई १-० ले हराएको हो।

सन् २०२३ को विश्वकप फाइनलमा स्पेनले इंग्ल्यान्डलाई हराएर उपाधि जिते यता यी दुई देशको पहिलो पटक भेट भएको हो।

बुधबार भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउने क्रममा जेस पार्कले निर्णायक गोल गरिन्। यस अघि पोर्चुगलसँगको खेलमा १-१ गोलको बराबरी गरेपछि इङ्लिस टोलीको धेरै आलोचना भएको थियो।

स्पेनसँगको खेलमा भने इङ्गल्यान्ड केही हदसम्म भाग्यमानी पनि साबित भयो। लुसिया गार्सियाको प्रहार क्रस बारमा लागेर फर्केको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १० : १६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा