ट्रकको ठक्करबाट एक महिलाको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पूर्वपश्चिम राजमार्गअन्र्तगतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । 

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन्। 

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १ : १७ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई