धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ : मन्त्री पाण्डे « Khabarhub

धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ : मन्त्री पाण्डे


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताएका छन् । 

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को बिहीबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए । 

धार्मिक भाव र लोकतान्त्रिक भावले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो ।

 ‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन् । यस्तो भाव हुनेहरूले जताततै फोहर गर्नुभएन,’ मन्त्री पाण्डेले भने, ‘आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ । आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नु पर्दैन । हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ ।’ 

पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए । 

‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ,’ पाण्डेले भने, ‘गोवा (भारत)का मन्त्रीले नै सुनदान गर्न चाहेका छन् । पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : २४ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट