धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ : मन्त्री पाण्डे « Khabarhub

धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ : मन्त्री पाण्डे


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताएका छन् । 

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को बिहीबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए । 

धार्मिक भाव र लोकतान्त्रिक भावले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो ।

 ‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन् । यस्तो भाव हुनेहरूले जताततै फोहर गर्नुभएन,’ मन्त्री पाण्डेले भने, ‘आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ । आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नु पर्दैन । हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ ।’ 

पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए । 

‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ,’ पाण्डेले भने, ‘गोवा (भारत)का मन्त्रीले नै सुनदान गर्न चाहेका छन् । पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १ : २४ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई