बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ « Khabarhub

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । 

निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । 

निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए।

‘बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ’, उनले भने । 

पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत सङ्घसंस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्यांक बाहिर आउने उल्लेख गरे। 

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा दुई किलोमिटरको दूरीमा क्यामेरा जडान गरेर पाटे बाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिए । ती क्यामेरा करिडोरमा एक साता अघि लगाइएको थियो ।

उनले क्यामेरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको उल्लेख गर्दै बाघ कुनकुन बाटोबाट हिड्छन् भन्ने जानकारी समेत प्राप्त भइरहेको बताए। 

वन प्रमुख गुप्ताले जडान गरिएका क्यामेरा १५ दिनसम्म कम्दी करिडोरमा रहने जानकारी दिँदै क्यामेराबाट बाघ र आहारा प्रजातिको वास्तविक तथ्याङ्क आउने बताए। 

“यसको विस्तृत तथ्यांक आएपछि प्राविधिक टोलीले विश्लोषण गर्नेछ र आगामी दिनका लागि योजना बनाइने छ”, उनले भने। 

यसअघि भएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका पाइएको गुप्ताले जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ मा स्थापना भएको थियो । 

एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : ११ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर