भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री  | Khabarhub Khabarhub

भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनः निर्माण र पुनः स्थापनालाई तीव्रता दिइएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनः निर्माण र पुनः स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए। 

भूकम्पपछिको पुनः निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुनः निर्माण एवं पुनः स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ’, गृहमन्त्री लेखकले भने, ‘त्यहाँ  केन्द्रबिन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनः निर्माण र पुनः स्थापनको काम अगाडि बढाएका छौँ ।’

मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनः निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्य योजना ल्याएको छ । 

गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनः निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन इकाई को कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : २२ बजे

ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं– फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्

शिक्षामन्त्री बन्ने भनेर मिथ्या प्रचार भयो : सांसद अन्जान शाक्य

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका

फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

काठमाडौं – नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई

पूर्वपश्चिम लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

झापा– झापाको कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिका

शिक्षकका नेतालाई प्रश्नका झटारा !

काठमाडौं– देशैभरिका उच्च माविमा अध्ययनरत १२ कक्षाका विद्यार्थीको अन्तिम परीक्षा