भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री  « Khabarhub

भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनः निर्माण र पुनः स्थापनालाई तीव्रता दिइएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनः निर्माण र पुनः स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए। 

भूकम्पपछिको पुनः निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र निजी घरको पुनः निर्माण एवं पुनः स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ’, गृहमन्त्री लेखकले भने, ‘त्यहाँ  केन्द्रबिन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनः निर्माण र पुनः स्थापनको काम अगाडि बढाएका छौँ ।’

मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनः निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्य योजना ल्याएको छ । 

गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनः निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन इकाई को कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : २२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको