अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प  « Khabarhub

अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ (इयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् । 

ट्रम्पले भने, ‘युरोपेली युनियन (इयू)को गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।’

ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्, ‘हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं र हामी चाँडै नै यसको घोषणा गर्नेछौँ। यो २५ प्रतिशत हुनेछ।’ 

युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, ‘युरोपेली सङ्घ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ,’ युरोपेली आयोगको एक स्रोतले बुधबार जनाएको छ।

स्रोतका अनुसार इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिनेछ।

हालैका हप्ताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पुर्‍याएको छ । 

अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : ३९ बजे

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी