दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा « Khabarhub

दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । गत माघभित्र ८८ वटा राजनीतिक दलले आयोगमा प्रतिवेदन बुझाएका छन् ।

आयोगमा हालसम्म ११५ दल दर्ता छन् । जसमा ८८ दलको लेखा परीक्षण प्रतिवेदन आयोगमा पुगेको हो ।

एमाले धनी

आयोगमा बुझाइएको विवरणअनुसार प्रमुख सत्तारुढ दल नेकपा (एमाले) सबैभन्दा धनी देखिएको छ ।

एमालेले आ.ब. २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ । जसमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च भएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

एमाले आफ्नो प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतका रुपमा सदस्यता शुल्कलाई उल्लेख गरेको छ। एमालेले गत आर्थिक वर्षमा सदस्यता शुल्कवापत ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको आयोजमा बुझाएको विवरणमा उल्लेख छ ।

घाटामा कांग्रेस

उता अर्को प्रमुख सत्तारुढ दल दल नेपाली कांग्रेस भने घाटामा रहेको विवरण लेखा परीक्ष प्रतिवेदनले देखाएको छ ।

कांग्रेसले गत आर्थिक वर्ष ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरिएको छ।

जसमा गत वर्ष कांग्रेसले ७ करोड ९९ लाख ९५ हजार ९९९ रुपैयाँ खर्च भएको जनाएको छ । जसअनुसार ४ करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ घाटा भएको पनि कांग्रेसले जनाएको छ ।

कांग्रेसले लेखा परीक्षण प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतलाई चन्दा भनेको छ । त्यस अवधिमा कांग्रेसले चन्दास्वरुप एक करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

माओवादीको पनि खर्च धेरै

उता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र पनि घाटामा देखिएको छ । उसको लेखा परीक्षण प्रतिवेदनअनुसार आम्दानीभन्दा खर्च धेरै पाइएको छ ।

गत आर्थिक वर्षमा माओवादीले एक करोड ८६ लाख ५२ हजार आम्दानी गरेको । तर त्यही अवधिमा माओवादीले खर्च भने दुई करोड २० लाख ७९ हजार गरेको छ ।

माओवादी केन्द्रको आम्दानीको मुख्य स्रोत सदस्यता, लेबी र नवीकरण शुल्क भनेर उल्लेख गरिएको छ । त्यस अवधिमा माओवादीले सदस्यता वितवरण, लेबी र नवीकरणबाट एक करोड ८३ लाख ३९ हजार आम्दानी गरेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

रास्वापालाई ठूलो घाटा

एक वर्षयता राष्ट्रिय स्वतन्त्र पार्टी तनावमा छ । उसका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेसँगै रास्वपाको सांगठनिक संरचना पनि सुस्ताएको छ ।

यस्तोमा रास्वपालाई उसको आर्थिक गतिविधिमा पनि असर परेको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

संसद्को चौथो ठूलो दलका रुपमा रहेको रास्वपा प्रमुख सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादीलाई भन्दा ठूलो घाटा देखिएको छ ।

रास्वपाले आ.ब. २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यही अवधिमा उसको खर्च ६ करोड ५० लाख १७ हजार ७८ रहेको आयोगमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाले आफ्नो आम्दानीका रुपमा मुख्य स्रोत लेबी, सदस्यता र नवीकरण शुल्कलाई उल्लेख गरेको छ । रास्वपाले गत वर्ष यी तीन शीर्षकमा दुई करोड ६१ लाख ५० हजार २५८ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्