सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १६ जना घाइते « Khabarhub

सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १६ जना घाइते


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनामा परेको हो ।

 कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका बागेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा  दुई  बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरूको आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताए । 

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ३ : १५ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर