शेयर बजारमा उछाल, ४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार  « Khabarhub

शेयर बजारमा उछाल, ४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से एकै दिन ४९.१५ अंकले बढेर बजारमा उछाल आएको हो । मौद्रिक नीतिको दोस्रो समीक्षा पछि आएको शेयर बजारमा उछाल आएको छ । 

आज एकै दिन नेप्से १.७७ प्रतिशतले बढेर २८१५ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

आज १८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भएको छ । 

आज सबै समूहमा हरियाली छाउँदा सबैभन्दा बढी वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह ३.३२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम फाइनास समूह ०.२८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : १५ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय