नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता « Khabarhub

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

देउवा गुटको आक्रमणमा शेखर गुटका दुईजना घाइते


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका दुई गुटबीच घमासान भएको छ ।

महेन्द्र मोरङ क्याम्सपमा सभापति शेरबहादुर देउवा पक्षीय र नेता डा. शेखर कोइराला पक्षीय दुई गुटबीच झडप हुँदा दुईजना विद्यार्थी नेता घाइते भएका छन् ।

उक्त झडपका क्रममा नेविसंघ मोरङका सभापति सरोज पोखरेल घाइते भएका छन् । बिहीबार पोखरेल र चुले भाइ उपनामका आयुष दाहालसहितका कार्यकर्ता क्याम्पस इकाइ गठन गर्न पुगेका थिए ।

तर, नेविसंघ नेता एवम् क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहितको अर्को समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।

पौडेलले आफूहरूले स्वीकृति नै नदिएको अवस्थामा क्याम्पस इकाइ कमिटी बनाउन आएको भन्दै आफ्ना समर्थकहरूको सहयोगमा घरेलु हतियारहरू बञ्चरो, तरबार र लाठीसहित लिएर जाइ लागेका थिए ।

क्याम्पसमा भएको यो घमासानमा उत्रिएका स्ववियु सभापति पौडेल देउवा गुटका हुन् । उता पोखरेल कोइराला गुकका हुन् ।

दुई पक्षबीच लखेटा लखेटसहित झगडा हुँदा नेविसंघ जिल्ला सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरू दुवैको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेविसंघकै कार्यकर्ताहरू र प्रत्यक्षदर्शीका अनुसार पोखरेल र दाहालमाथि जसवन्त पौडेल, स्ववियु सचिव एलिश ठकुरी, सदस्यहरू प्रशान्त यादवसहित खनिएका थिए ।

यसबारेमा प्रहरीले जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाले महेन्द्र मोरङमा घटनामा घाइतेहरूबारेमा जानकारी संकलन भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने