५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान « Khabarhub

५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीया आमालाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ । बुलेट आमा सुशीला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गर्दै महानगरले सम्मान गरेको हो ।

झापा बुधबारेकी  तिवारीले भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । 

आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिँदै महानगकी उपमेयर सुनिता डंगोलले तिवारीलाई बिहीबार सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् । 

तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको डंगोलले बताइन् ।

 ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो ।’, डंगोलले भनिन् । 

‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु’, विगत यात्रा र आगामी यात्राको बारेमा बताउँदै तिवारीले भनिन्, ‘यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

सम्मान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने,  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले पनि सहभागी थिए 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : १७ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च