विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरू मिलेर काम गर्नुपर्ने बताएका छन् । 

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवा सुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए ।

उनले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरू मिलेको चर्चा गर्दै उनले विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको धारणा राखे ।

 ‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुपर्‍यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरुले आफ्नो एजेण्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरू मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकैले अहिले  नेपाली कांग्रेस र नेकपा एमालेसहित अरु दलहरूलाई पनि मिलाएर सरकार बनेको बताए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले बजेट बनाउँदा जनताको आवश्यकताको प्राथमिककरणका आधारमा योजनाहरू बनाउने पनि बताए। 

संविधानले दिएका अधिकार सबैले बराबरी रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले लामो संघर्षबाट प्राप्त अधिकारहरूलाई सुरक्षित गर्न आवश्यक कानुनहरू बनाउन सरकार लागिरहेको जानकारी दिए। अधिकार सँगसँगै जिम्मेवारी बिर्सन नहुनेमा पनि सिंहले बताए।

 उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित भइरहेको भन्दै सरकारले नागरिकको चाहनाअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : २५ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ