‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’ « Khabarhub

‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताएका छन् । आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा साँस्कृति मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार शिक्षामा नविनतम र रचनात्मक ढङ्गले काम गरिरहेको बताएका हुन् । 

लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यालय मेरो, दायित्व कार्यक्रम’ द्वारा शिक्षाको गुणस्तरमा सुधार हुने उहाँको भनाइ छ । यस कार्यक्रमले देशभरिमा राम्रो सन्देश दिने उनले भने ।

‘शिक्षा समाज रूपान्तरणको आधार हो । शिक्षाले गर्दा समाज परिवर्तन तथा विकासमा मद्दत पुग्छ’, उनले भने। 

उनले उक्त कार्यक्रमका लागि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई धन्यवाद दिए। खस्कँदो शिक्षाको नतिजा सुधारका लागि मन्त्री तिमिल्सिनाले रचनात्मक कार्यक्रम अगाडि बढाएको उनले बताए। 

आजदेखि सुरु ‘शैक्षिक तथा सांस्कृतिक मेला २०८१’ मेला यही फागुन १९ गतेसम्म चल्नेछ । 

प्रथम रामनगर जेसिज लुम्बनी प्रदेशस्तरीय मेलामा प्रदेशभरिका प्राध्यापकलाई तालिममार्फत प्रशिक्षण दिइ शिक्षाको गुणस्तरीयता सुधार गर्ने उद्देश्य रहेको रामनगर जेसिआइका अध्यक्ष रमेश पराजुलीले बताए । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ७ : १३ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको