नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने « Khabarhub

नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन् ।

यही सात सकिएको पार्टी केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरूमा एकल नश्लीय चरित्र देखापरेको महतोले बताए। उनले अब बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन् ।

आन्दोलनका लागि समान धारणा र बिचार मिल्ने पार्टी र संगठनहरूसँग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको उनले बताए ।

उनले कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख रहेकाले देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष महतोले देशमा विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्नुको साटो राज्यले अध्यधिक दमन गरेर समूदायबीच नै विभाजन पैदा गर्न खोजेको तर्क गरे ।

पाथीभरा केबलकार निर्माणका क्रममा भएको विवादमा राज्यको दमन स्वीकार्य नभएको भन्दै महतोले सरकारको रवैयाविरुद्ध संघर्षमा आउन आह्वान गरे ।

बैठकले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई १५ दिनभित्र सम्पत्ति विवरण भरेर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकबाट भएको भएको अध्यक्ष महतोले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ३३ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन