सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा « Khabarhub

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

आज आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे ।

“नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,” महामन्त्री शर्माले भने, “सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”

उनले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उनले बताए ।

महामन्त्री शर्माले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसङ्गमा उक्त घटनापछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको बताए ।

“घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ”, उनले भने, “तर, दोषीमाथि कारबाही हुनुप(यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन् । उनीहरुले आफूहरु असुरक्षित भएको बताइरहेका छन् ।”

उनले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ८ : ३४ बजे

होर्मुज जलमार्गमा तनाव चर्कियो, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एजेन्सी – ओमानले आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक

लगातारको वर्षाले एनपीएलका शनिबारका खेल प्रभावित

 काठमाडौँ – लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत