आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ मार्च २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ। विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ। योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। परिवारको तर्फबाट इज्जत प्राप्त हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन्। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ। मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : आफन्तसँग असन्तुष्टि बढ्नेछ। अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ।

सिंह : आज परिवारको साथमा आफन्तसँग भेट हुनेछ। आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने हुँदा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। देशमा रोजगारीका विकल्प फेला पर्नेछन्। व्यापारमका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : पढाइमा जाँगर बढ्नेछ। श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। ठुलो योजना नबनाउनु नै उचित हुनेछ। प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ।

मकर : दिन राम्रो छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोली भन्दा काम बढी गरेर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला।

मीन : खर्च बढ्ने जोखिम छ। साथीबाट असहयोग हुनेछ। साना कुराले मन अशान्त हुने जेखिम छ। परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : १२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने