बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट « Khabarhub

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ । 

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका छ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए । 
 
बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।  

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ३२ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज