समाजवादी मोर्चाले ८ रुटबाट जुलुस निकाल्ने (सूचीसहित)  « Khabarhub

समाजवादी मोर्चाले ८ रुटबाट जुलुस निकाल्ने (सूचीसहित) 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समाजवादी मोर्चाको चैत्र १५ गते आन्दोलनका रुटहरू सार्वजनिक गरेको छ । समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन सडक आन्दोलन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ । 

आन्दोलनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् । 

मोर्चाले सार्वजनिक गरेको रुटमा माइतीघर मण्डला नेकपा माओवादी केन्द्रको र्‍याली निस्कने छ । सो र्‍याली  बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्चमा मिसिने छ । 

यस्तै, माओवादी केन्द्रले नै कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै त्रिपुरेश्वरको जुलुससँग मिसिने एउटा आन्दोलनको टोली बनाएको छ । 

अर्को टोली त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च सुनधाराको जुलुससँग मिसिने बताइएको छ ।  

यस्तै सुनधारा रुटमा  नेकपा विप्लवले नेतृत्व गर्ने छ । सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा विप्लवमा नेताहरूको टोली रहने छन् । 

न्युरोड गेटको रुटमा नसपा रहने छ । न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्च  भोटाहिटीमा सोह्र खुट्टेको जुलुससँग मिसिने बताइएको छ । 

यस्तै, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट पनि जुलुसहरू निस्कने छन् ।  नेकपा एकीकृत समाजवादी
 मैतीदेवी, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चसम्म जुलुस निकाल्ने छ ।  

यस्तै राजा फर्काउने आन्दोलनको नेतृत्वले पनि काठमाडौँमा कार्यक्रम गर्ने भएकाले भोली सडक व्यस्त रहने देखिन्छ । 

यस्तो छ रुटको सूची :

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ५४ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज