शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड  « Khabarhub

शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विषयमा दलहरूबीच विवाद भए पनि शान्तिप्रक्रिया टुंग्याउने विषयमा सैद्धान्तिक रूपमा कहिले पनि विवाद नभएको बताएका छन् । 

जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रिया टुंग्याउन ढिला भए पनि दलहरूबीचको विवादका कारण ढिलो नभएको प्रष्टिकरण दिए । 

‘अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन् । प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौँ, कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ,’ प्रचण्डले भने, ‘यी सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले पनि विवादमा भएनौँ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन ।’

अध्यक्ष प्रचण्डले पीडितलाई न्याय दिने विषयलाई प्राथमिकता दिएरमात्रै शान्ति-प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि मुख्य दलहरू कहिले पनि अन्योलमा नपरेका पनि बताए ।  

‘टीआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीँ लाग्छ यस्तो होइन होला भनेर,’ उनले भने, ‘तर, राजनीतिक नेतृत्वहरू मूलतः पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्योलमा परेनौँ ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : ३० बजे

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।